काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री सङ्कलन गर्न तीन वटा सम्पर्क केन्द्र तोकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा जम्मा गरिनेछ । त्यहाँ सङ्कलित सामग्री सरकारले आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पठाउनेछ । त्यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली…