रसुवा बाढीपीडितको वीर अस्पतालमा निःशुल्क उपचार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित तथा घाइतेको उपचार वीर अस्पतालमा निःशुल्क हुने भएको छ। अस्पतालले सम्भावित घाइतेको उपचारका लागि आकस्मिक सेवा र आवश्यक स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राखेको जनाएको छ। अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार गम्भीर घाइतेका लागि २७ वटा बेड छुट्याइएको छ भने इमरजेन्सी ओटी, आईसीयू, भेन्टिलेटर र औषधिसमेत तयारी अवस्थामा राखिएको…