गृहमन्त्री गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओमिङ बीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

काठमाडौं l गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओ मिङ बीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने बताएका छन्।…