काठमाडौं l काठमाडौं महानगरपालिका वडा नम्बर १२ का स्थानीयहरूको बृहत् उपस्थितिमा “उज्यालो नेपाल अभियान” अन्तर्गत २३ सदस्यीय वडा समिति गठन गरिएको छ। उक्त अभियान नेपालका ऊर्जा नायक कुलमान घिसिङज्यूको नेतृत्वमा अघि बढाइएको जनचेतनामूलक राष्ट्रिय अभियान हो। वडा स्तरीय भेलाको अध्यक्षता वडा निवासी वरिष्ठ नागरिक पदम शाहिले गर्नुभएको थियो भने स्वागत मन्तव्य सगिना जोशीले राख्नुभएको थियो।…