काठमाडौँ । कांग्रेस र एमालेको केन्द्रीय समिति बैठक बिहीबार एकैदिन बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक उनको नेतृत्वमा केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने छ । बैठकमा केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई आमन्त्रण गरिएको छ ।…