श्रद्धाञ्जलीका लागि गायक लामाको पार्थिव शरीर भोलि नाचघरमा राखिने

श्रद्धाञ्जली अर्पण गर्न गायक तथा कलाकार जयनन्द लामाको शव भोलि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ। कलाकार दिपाश्री निरौलाले फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गर्न लामाको शवलाई राष्ट्रिय नाचघर जमल राखिने जानकारी दिएकी हुन्। भोलि बिहान १० बजेदेखि श्रद्धाञ्जली दिइने उनले बताएकी छन्। निरौलाले गायक लामाको निधनप्रति शोक समेत व्यक्त गरेकी छन्। यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी…