काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सार्वजनिक रूपमै मेयर बालेन्द्र साह बालेनलाई जवाफ फर्काएकी छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिबिना बजेट ल्याउन नमिल्ने बताएकी छन् । मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईविनै बजेट र नीति तथा कार्यक्रम ल्याउन खोजेपछि सुनिताले आपत्ति जनाएकी हुन् । गुरागाईंको उपस्थितिबिना कार्यपालिका…