भारतबाट दिनहुँ सयौं नागरिक घर फर्किएपछि सुदुरपश्चिम प्रदेशस्थित डोटीका प्रहरीहरूले दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनु परेको छ। भारतका विभिन्न ठाउँबाट कैलालीको गौरीफन्टा नाका हुँदै स्वदेश भित्रिएका नेपालीहरूलाई सम्बन्धित स्थानीय तह पठाउन डोटीका प्रहरी दिनरात खटेका छन्।डोटीका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाले सेतोपाटीसँग कुराकानी गर्दै जिल्लामा प्रहरी संख्या कम हुँदा ड्युटी खटाउन समस्या भइरहेको बताए। ‘खाना खाने…