महादेवको मन्दिरबाट हराएको मूर्ति ८ महिनापछि फेला !

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ स्थित विम्रेनी वनको ओढारभित्र रहेको दोमवाङ पोखरी महादेव मन्दिरबाट हराएको मूर्ति आठ महिनापछि फेला परेको छ ।प्रहरी र स्थानीयको सक्रियतामा खोजतलासपछि सोही वडाको विम्रेनी सामुदायिक वनमा लुकाइछिपाई राखेको अवस्थामा शुक्रबार फेला परेको हो । भेटिएको मूर्तिलाई मन्दिरका पुजारी ङडुप लामाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले…