पार्टीमा तनाव बढेका बेला विप्लव निवास पुगे प्रचण्ड

काठमाडौं । पार्टीमा उपमहासचिव जनार्दन शर्माले चुनौती दिइरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न उनकै निवासमा पुगेका छन् । सोमबार बिहान प्रचण्ड ललितपुरको हरिसिद्धीस्थित विप्लव निवास पुगेर लामो कुराकानी गरेका छन् । स्रोतका अनुसार विप्लवलाई पार्टीमा भित्र्याएर महासचिव बन्न प्रचण्डले प्रस्ताव गरेका छन् । तर त्यसबारे विप्लवले पार्टीमा…