काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पहिलोपटक विशेष अदालतमा उपस्थित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपाल पहिलोपटक अदालत उपस्थित भएका हुन्। विशेष अदालतका न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान जारी छ। बयान सकिएपछि आजै थुनछेक बहस सुरू…