कोरोना भाइरसले विश्वलाई तीन भागमा विभाजित गरिदिएको छ । एक, कोरोनाको संक्रमण देखिएका मुलुक । दुई, कोरोनाको संक्रमणले छुँदै नछोएका मुलुक । तीन, कोरोना संक्रमण देखिएर यसको प्रभावबाट मुक्त बनेका मुलुक । यसमध्ये कोरोना भाइरसको संक्रमण विश्वका एक सय ५२ मुलुकमा देखिइसकेको छ । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएकाले ती मुलुकलाई ‘रेडजोन’को कोटिमा राखिएको छ…