बिहारमा आइतबार बिहानसम्म आधिकारिक रुपमा कोरोना भाइरसको संक्रमणका एकजना पनि बिरामी थिएनन् । यो कुरामा एकातिर यहाँको परीक्षण प्रक्रियामाथि प्रश्न उठिरहेको थियो भने अर्कोतर्फ बिहार अहिलेसम्म कोरोना भाइरसबाट कसरी बच्न सक्यो भनेर चर्चा भइरहेको थियो । तर दिउँसो अचानक भारतमा कोरोनाका कारण भएको छैटौं मृत्यु बिहारको राजधानी पटनाबाट थियो भन्ने खबर निकै चर्चामा रह्यो ।…