चितवन – दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी गैँडा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले दुई जोडी गैँडा नियन्त्रणमा लिएर
काठमाडौँ – गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो गिरोह पक्राउ गरिएको जस्ता कार्य १००दिनमा गरिएको जनाएको छ । तस्बिर ः रत्न श्रेष्ठ,
पोखरा – फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । यही जेठ १३ गते पाँच जना साथीसँग फेवातालमा आफै डुङ्गा चलाएर घुमिरहेको अवस्थामा अचानक चट्याङ पर्दा डुङ्गाबाट खसेर बेपत्ता भएका लामाको शव आज अपराह्न पोखरा १८ रातोडाँडा
पार्टी अध्यक्ष दाहालकाकै घरबेटी ठेकेदारलाई कारवाही गर्ने थापाको प्रतिवद्धता कामचोर ठेकेदार विरुद्ध कडा रुपमा उत्रिएका मन्त्री थापाले सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताएका छन् । सबैभन्दा धेरै ठेकेदार राजनीतिक पहुँचका नै छन् । र केहीदिन
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले मंगलबार सिक्टा सिंचाइ आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गर्दै निर्धारित मितिमै काम सम्पन्न गर्न निर्देशन दिनुभएकाे छ । निर्माणाधीन राष्ट्रिय गौरवसहितका सिंचाइ आयोजनाको प्रगति बुुझ्न देश दौडाहामा रहनुभएका मन्त्री पुनले आयोजनाको निरीक्षण गर्दै आयोजना प्रमुखसँग आयोजनाको काम कारबाहीको बारेमा जानकारी लिनुभएकाे थयाे।
गृहमन्त्री रामबहादुर थापा बादलले ठेक्का लिएर समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाहीको भागीदार हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् । सोही विषयमा राखिएको प्रश्नको जवाफ दिंदै थापाले सो
गृहमन्त्री रामबहादुर थापा बादलले काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन् । सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताए । आफ्नो १०० दिनमा भएका कामबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री बादलले
काठमाडाैं – ६ लाख ठूला र १८ लाख साना रुख काटनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन मन्त्रालयले स्वीकृत गरेसँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वातावरण राजनीतिको भूमरीमा पर्ने खतरा बढेको छ । लामो समयदेखि चर्चामा रहेको निजगढ विमानस्थल बनाउनको लागि सबैभन्दा ठूलो काम मध्येको एक काम इआइए त वन तथा वातावरण मन्त्रालयले
राजविराज – प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो । आगामी आर्थिक वर्षमा
नवलपरासी – नवलपरासीमा बालक बलि दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को अपत्यारिलो घटना सार्वजनिक भएको छ । समाजमा अन्धविश्वास हटाउनुपर्ने विद्यालयका प्रिन्सिपलले स्थानीय एक महिलालाई बलि दिने प्रयास गरेको घटना बाहिर आएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमुवामा रहेको न्यु गोल्डेन लाइफ इंग्लिस स्कुलका सञ्चालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्माले स्थानीय