गत शनिबार बेगनासतालमा भएको डुङ्गा दुर्घटनामा परी डुङ्गामा सवार १० जना मध्ये ८ जनाको ज्यान गयो । २ जना बाच्न सफल भए । डुङ्गा तालमा पल्टीसकेपछी तालबाट गुहार–गुहार भन्दै आवाज आयो । त्यो आवाज सुन्ने बित्तिकै दौडदै गएर उद्धार गर्ने पहिलो ब्यक्ति थिए, बेगनासताल पारी घर हुने दिलकुमारी जलारी र उनका छोरा कुमार जलारी ।…