काठमाडौं, १ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित ४ दल आवद्ध समाजवादी मोर्चाको बैठकले आगामी चैत १५ गते बृहत् विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले हजारौं जनता सडकमा उतारेर प्रतिगामी हर्कतको विरुद्धमा विरोध सभा र प्रदर्शन गर्ने…