चीनबाहिर कोरोनाभाइरसका कारण पछिल्लो समय सबैभन्दा बढी प्रभावित बन्दै गइरहेको इटालीमा यसबाट ज्यान गुमाउनेको संख्या थप बढेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप ४९ जनाको ज्यान गएको इटालीका अधिकारीहरूले बताएका छन्। योसँगै कोरनाभाइरसबाट इटालीमा ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ। यसैगरी यसका ४६ सय मामिलाहरू पुष्टि भएको इटालीले जनाएको छ। डिसेम्बरमा चीनमा पहिलो पटक…