दुर्लभ संयोगको दिन आमलकी एकादशी, अमलाको रुखमा भगवान विष्णुको बास !

हिन्दू पञ्चाङ्ग अनुसार महिनाको दुई पटक आउने एघारौं तिथिलाई एकादशी भनिन्छ । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी भन्नाले अमला नाम गरेको जंगली वनष्पतिलाई जनाउँदछ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गरिन्छ । त्यहि भएर हिन्दू परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशीझैं विशेष महत्व छ ।…