पश्चिमाञ्चलको प्रसिद्ध धामिर्कस्थल बागलुङको बलेवा भैरवस्थान मन्दिर प्रचारप्रसार र ब्यबस्थापनको अभाबमा ओझेलमा पर्दै गएको छ । कालभैरबको रुपमा परिचित भैरव मन्दिरमा नवदुर्गा लगायतका बिशेष पर्वहरुमा ठुलो मेला लाग्दै आएको छ ।भैरव देवताको भाकल गरेमा आँटेको पुरा हुन्छ भन्ने बिश्वासमा बागलुङ, पर्वत, कास्की, स्याङजा तथा गुल्मी लगायत देशैभरीका बर्षेनी ठुलो संख्यामा तीर्थालुहरु आउने गरेका छन् ।…