माबुबा दुवै गुमाएका दुई छोरीलाई विदेशमा बस्ने नेपालीले दुई लाख ८४ हजार आर्थिक सहयोग गरेका छन् । नेपालगञ्जका सीता बस्नेत तीन वर्षअघि जन्डिसले श्रीमान्को मृत्यु भएपछि दुई छोरी लिएर पोखरा महानगरपालिका–१७ बेलघारी माइतीको शरणमा आउनुभएको थियो । उनको मनिपाल अस्पतालमा उपचारका क्रममा गत पुस १० गते निधन भएपछि अहिले दुई छोरी अभिभावक गुमाउनुको पीडामा रहेका…