काठमाडौं प्रहरीले आफूलाई जबरजस्ती रुपमा कागज गराएको र चेक कटाएको भन्दै व्यावसायी अनिल गजमेरले गृहमन्त्रालयमा उजुरी दिएका छन् । आइतबार गृहमन्त्री राम बहादुर थापालाई भेटेरै गजमेरले आफूलाई काठमाडौं प्रहरीले जबरजस्ती कागज गराएको बताएका थिए । गत जेठ ६ गते लेनदेनसम्बन्धी विवादमा काठमाडौं प्रहरीका प्रमुख विश्व पोखरेलको निर्देशनमा गजमेरलाई पक्राउ गरिएको थियो । मेनपावर व्यावसायी राधिका…