धार्मिक र पर्यटकीय सम्भावना बोकेको कालिञ्चोक भगवती मन्दिरले संसारकै धनीमध्येको भारतको तिरूपति मन्दिरझै प्रसिद्ध बन्ने सम्भावना बोकेको छ । दोलखाको चरिकोट बजारबाट उत्तरपूर्व करिब १९ किलोमिटर सडक मार्ग पार गरेपछि कुरी बजार पुग्न सकिन्छ । भौगोलिक रुपमा कुरी बजारले तिरुपति वालाजीको झझल्को दिन्छ भन्छन् पुगेर फर्कनेहरु । कुरी बजारबाट एक–डेढ घन्टाको उकालो पैदलमार्ग पछि पुगिन्छ…