काठमाडौं – नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दीप प्रज्वलन गरी र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिबन काटी संस्थाको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै संग्रौलाले ‘इन्भेष्टमेन्ट गुरु’ले शिक्षित र…