काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न ३ हजार २७९ रोपनीभन्दा बढी जग्गा पहिचान गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी २७७ कित्ता जग्गा पुनःस्थापनाका लागि सम्भावित क्षेत्रका रूपमा पहिचान गर्दै प्रतिवेदन मन्त्रालयमा पेस गरेको…