काठमाडौं– काठमाडौंको शंखपार्कस्थित एक घरबाट ६ तोला सुन चोरी भएको छ। काठमाडौं महानगरपालिका– ४ शंखपार्क बस्ने ७० वर्षीया गंगादेवी श्रेष्ठको घरबाट सुनसहित विभिन्न सामान चोरी भएको हो । बिहीबार राति श्रेष्ठको घरबाट करिब ६ तोलाका गरगहना, नगद ८० हजार र १ थान मोबाइल समेत गरी करिब ८ लाख ४५ हजार
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले विजयदशमीको दिनमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् ।सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ । शाहको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् । यतिबेला भने पूर्वराजा शाह भुटानी
काठमाडौं– इजरायलमा केयरगिभिङका लागि छनौट भएका कामदारहरु मंसीरमा रोजगारीको लागि जान पाउने भएका छन् । इजरायलस्थित पीबाले लक्की ड्र मार्फत छनौटमा परेका कामदारहरु तिहारपछि जान मिल्नेगरि प्रक्रिया अघि बढाएको वैदेशिक रोजगार विभागले जनाइको छ । असोज १३ मा बिपीले कामदारको लक्की ड्र मार्फत छनौट गरेर नेपाल पठाएको थियो । त्यहाँबाट
काठमाडौं– गत हप्ताको बाढी पहिरोले अवरुद्ध रहेको बीपी राजमार्ग दसैंअघि सञ्चालनमा नआउने भएको छ । बाढी पहिरोबाट जमार्गको १२ किलोमिटर सडक बगाएकोले तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल
काभ्रेपलाञ्चोक– बेथान्चोक गाउँपालिका वडा नम्वर ३ का भिमबहादुर शंकर बुधबार गाउँ फर्किए । करिब तीन हप्ताअघि मात्र दशैं खर्चको लागी केही पैसाको जोहो गर्न काम खोज्दै उदयपुर पुगेका उनको श्रीमती र छोरा पहिरोले पुरिएपछि काम बीचमै छाडेर फर्किएका हुन् । उनी २६ भदौमा गाउँकै ६ जना साथीहरुसँग उदयपुर पुगेका थिए
काठमाडौं– भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौं जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७
काठमाडौं– महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा पर्दा जमरा राख्न समस्या परेको छ । पानी जमेकै कारण आज दशैंको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी राम पृत गिरीले बताए। मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको उनले बताए । उनका अनुसार मन्दिरको पछाडिपट्टीको खाली
अछाम– अछाममा सुत्केरी भएको केहि समयमा नै महिलाको मृत्यु भएको छ । ढकारी गाउँपालिका– ६ की २९ वर्षीया सरितादेवी जैसीको साल अड्किँदा मृत्यु भएको हो । बिहीबार बिहान सुत्केरी बेथा लागेपछि उनलाई ढुंगाचाल्ना स्वास्थ्य चौकी लगिएको थियो । तर उनले स्वास्थ्यचौकी पुग्नुभन्दा अघि नै बिहान ३ बजेतिर बाटोमै छोरालाई जन्म
काठमाडौं– सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो । सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि
काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको