तिन जिल्लाबाट प्रहरीले हतियारसहित ३ जनालाई गरे पक्राउ

    काठमाडौँ - उदयपुर, ताप्लेजुङ र सर्लाही जिल्लाबाट नेपाल प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेका छन् उदयपुरको त्रियुगा नगरपालिका-१२ बाट चाइनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित सोही नगरपालिका-३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेका हुन्…