काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको बिरुद्दमा अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । केही दिनअघि मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउन नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए । उनले उक्त आदेशको आफूले पालना नगर्ने भन्दै अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाएका थिए…