काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् । राजावादी दुर्गा प्रसार्इं हिरासतमा पुगेपछि शाह आफैं मैदानमा आएका छन् । उनले पटकपटक राजावादी नेताहरूलाई भेटेर राजतन्त्र पुनः स्थापनाका लागि निर्देशन दिइरहेका छन् । अघिल्लो महिना काभ्रेको नगरकोटमा दुई दुईपटक राजेन्द्र लिङ्देन, कमल थापालगायतलाई मन्त्रणा गरेर पठाएका पूर्वराजाले बिहीबार आफैंले सञ्चालन गरेको सोल्टी होटलमा…