कांग्रेसले आज राज्य व्यवस्था समितिको सभापति छनोट गर्ने, देउवाले बोलाए बैठक

काठमाडौं । कांग्रेसले मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको सभापति छनोट गर्ने भएको छ । निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले निवर्तमान सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्‍याएको थियो। त्यसलगत्तै खतिवडाले राजीनामा दिएका थिए। त्यसपछि सो पद रिक्त छ । समितिले…