बुद्ध एयरका मालिक बस्नेतले खोले नयाँ दल, आयोगमा दर्ता

काठमाडौं - बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत राजनीतिक मैदनमा उत्रिएका छन् । हवाई व्यवसायी बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरु संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा बिहीबार दर्ता भएको पार्टीको अध्यक्षमा भने प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ छन् । व्यवसायी बस्नेत भने सदस्य छन् । आगामी फागुन २१…