२ महिनामा २४ करोडको अनलाइन जुवा खेलाएको आरोपमा छ जना पक्राउ

काठमाडौं– अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६ जनालाई पक्राउ गरेको छ । वुल्फ ७७७ अनलाइन क्यासिनो’ साइटबाट सट्टेबाजी अर्थात अनलाइन जुवा खेलाएको आरोपमा उनीहरुलाई सिआइबीले पक्राउ गरेको हो । उनीहरुमा ‘वुल्फ ७७७ अनलाइन क्यासिनो’सञ्चालन गरेर विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जाल मार्फत पठाइ अनलाइन जुवा खेलाएको आरोप छ ।…