काठमाडौँ । ललितपुरको हरिसिद्धिमा कवाडी सङ्कलन गर्ने बहानामा निर्माणाधीन घरबाट सामान चोरी गर्ने समूह सक्रिय रहेको आशङ्का गरिएको छ। ललितपुर महानगरपालिका–२८ शेराफाँटस्थित शीतल हाइट नजिकै निर्माणाधीन घरबाट लाखौँ रुपैयाँ मूल्यका सामान चोरी भएपछि स्थानीयले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन्। असोज १६ गते स्थानीय सरला बाँस्कोटाको निर्माणाधीन पाँचतले घरबाट दुईवटा पानी तान्ने मोटर, चारवटा मार्बल तथा…