काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा पराजित भएपछि श्यामकृष्ण खड्गीले नवनिर्वाचित सभापति गगन थापालाई सफल कार्यकालको शुभकामना दिएका छन्। उनले पार्टीभित्र देखिएका असमझदारी अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्न थापालाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत खड्गीले निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाउने महाधिवेशन प्रतिनिधि तथा आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला दिने…