नवीकरणीय ऊर्जा प्रवर्द्धनसम्बन्धी विधेयक संसद्मा

काठमाडौँ । नवीकरणीय ऊर्जाको विकास तथा विस्तार र ऊर्जा दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक ल्याएको छ। विधेयक पारित भई ऐनका रूपमा कार्यान्वयनमा आएपछि वातावरण संरक्षण, ऊर्जामा नागरिकको पहुँच वृद्धि र दिगो विकासमा योगदान पुग्ने सरकारको विश्वास छ। ग्रामीण क्षेत्रमा साना तथा लघु जलविद्युत् आयोजना, जैविक ग्यास, सुधारिएको चुलो, सुधारिएको…