रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा

काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, २०८३ सङ्घीय संसद्मा दर्ता भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी हुन् । मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय शिक्षा, अध्ययन तथा अनुसन्धान विस्तार गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विधेयक अघि बढाइएको मन्त्रालयले जनाएको छ ।…