काठमाडौँ । रसुवा बाढी प्रभावितको उपचारका लागि रगत आवश्यक परे तत्काल उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी हाइअलर्टमा बसेको छ। रेडक्रस ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताका अनुसार काठमाडौँस्थित केन्द्रमा हाल करिब १ हजार युनिट रगत मौज्दात छ। आवश्यकताअनुसार ललितपुर, काठमाडौँ, भक्तपुर र चितवनलगायतका रक्तसञ्चार केन्द्रबाट समेत रगत उपलब्ध गराउन सकिने उनले बताए। गुप्ताले सम्भावित मागलाई ध्यानमा…