काठमाडौं । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन मात्र पर्याप्त नहुने बताएका छन्। नेपाली कांग्रेसको ‘नेपालको पुँजी बजार : आर्थिक लगानीको आधार’ विषयक कार्यक्रममा बोल्दै उनले पुँजी बजार सुदृढीकरणसँगै नियम, कानुन र प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्नुपर्ने बताए। अर्यालका अनुसार नेपालको सानो बजार र कमजोर कानुनी संरचनाका कारण…