काठमाडौं– युरोकप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेर संसारभरी चर्चित बनेका १७ वर्षीय स्पेनिस फुटबल स्टार लामाइन यमालका बुबामाथी छुरा प्रहार भएको छ । उनलाई एक कार पार्किङ स्थलमा धेरै पटक छुरा प्रहार गरेको बताइएको छ । स्पेनिस मिडियाका रिपोर्टलाई उदृत गर्दै बिबिसीले यामालका बुबा मौनिर नसराउईमाथि बार्सिलोनाको उत्तरमा रहेको माटारोको तटीय शहरमा बुधबार राति एक समुहले…