नेपाली क्रिकेट फ्यानलाई खुसीको खबर, अब नेपाल पनि आईसीसीको वरीयतामा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई ‘वान डे’ वरीयतामा समावेश गर्ने निर्णय गरेको छ । आईसीसीले शुक्रबार नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र युएईलाई वानडे वरीयतामा समावेश गर्ने निर्णय गरेको हो । बैठकपछि आईसीसीले विज्ञप्ति जारी गर्दै यो वरीयता जुन १ (आजै)बाट लागू हुने जनाएको छ । हालसम्म औचारिक रुपमा वान डे नखेलेको नेपाल आईसीसीको वरीयतामा थिएन ।…