मधेशमा किन चल्छ गोली मात्रै ? रास्वपा सांसद अमरेशकुमार सिंहको सरकारलाई प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मधेशमा हुने आन्दोलनका क्रममा बारम्बार गोली चलाइने गरेको भन्दै सरकारसँग जवाफ मागेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आन्दोलन नियन्त्रणका लागि प्रहरीलाई गोलीभन्दा लाठी र अश्रुग्यासजस्ता वैकल्पिक साधनको पर्याप्त व्यवस्था गर्नुपर्ने धारणा राखे। ‘मेरो प्रश्न राज्यसँग छ, मधेशमा जहिले पनि केही समुदायको आन्दोलन हुँदा गोली मात्रै…