पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकमा कोरोना स’ङ्क्रमण, जापानमा उपचार हुने !

जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको स’ङ्क्र’मण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्। उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्। उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्। तर स’ङ्क्र’मित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ। झन्डै ३,७०० यात्री…