काठमाडौं - सत्तारुढ दलले बजेट पारित गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री केपी ओलीको आह्वानमा मंगलबार बसेको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट संघीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ…