काठमान्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राति भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन्। बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा उनले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा पीडितहरूसँग प्रत्यक्ष संवाद गर्दै उद्धार र राहतको अवस्थाबारे जानकारी लिएका हुन्। बाढीबाट नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको सुक्खा बन्दरगाह, बगाइएका कन्टेनरहरू र अन्य पूर्वाधारमा भएको क्षति…