काठमाडौं - प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई लिएर सरकारमाथि प्रहार गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रमलाई कर्मकाण्डीको संज्ञा दिए । आफ्नो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा रहेका लोकप्रिय कार्यक्रमलाई अहिलेको सरकारले हटाएको भन्दै आपत्ति जनाए ।…