धुर्मुस-सुन्तलीले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई हेटौंडाले ३० लाख सहयोग गर्ने

मकवानपुर - हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेशनले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गर्नुभएको हो । धुर्मुस-सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसियतमा सहयोग गर्न लागेको मेयर महतले…