प्रहरीले दियो तीनकुनेमा गोली चलाउनुपरेकोमा स्पष्टीकरण, भन्यो– उत्तेजित भिडकै कारण दुर्घटना

काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनमा गोली हानेको र अत्यधिक बल प्रयोग गरेको विषयमा स्पष्टीकरण दिएको छ । प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलाउनुपरेको बुधबार पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएको हो । पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक अवस्थालाई नियन्त्रणमा लिन गोली चलाइएको जिकिर गरे…