काठमाडौं । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले एमालेले आफ्नो पोखराको कार्यक्रम भाँड्न खोजेको आरोप लगाएका छन् । गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत आफूहरू पोखरा आउने खबर पाएपछि कार्यक्रम बिथोल्ने प्रयास भइरहेको दाबी गरेका हुन्। उनले पोखरामा जेनजीको संगठन विस्तार र आमनागरिकसँग भेटघाटका लागि आफूहरू निस्किएको जानकारी दिएका छन्। ‘पोखरामा जेन–जी भाइबहिनीहरूको संगठन बलियो बनाउन र…