काठमाडौं । अन्तरिम सरकारमा मन्त्री बन्न लागेका ‘दलितका लागि दलित अभियान, नेपाल’ का संयोजक खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी भएको तथ्य बाहिर आएको छ । स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा उनलाई पक्राउ गर्न २०८१ असार २१ गते नै सुर्खेत जिल्ला अदालतले पुर्जी जारी गरेको थियो । उनले गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय…