शिक्षक महासंघले भन्यो, शिक्षा उपसमितिको प्रतिवेदन मान्दैनौं, बरु फेरि आन्दोलन गर्छौ

काठमाडौं । नेपाल शिक्षक महासंघले संघीय संसदको शिक्षा समितिअन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदन नमान्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको मागको मर्मविपरीत शिक्षा उपसमितिले प्रतिवेदन बुझाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । गत चैत २० गतेदेखि काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर विद्यालय फर्किएको महासंघ राष्ट्रिय समितिले संसदीय उपसमितिको प्रतिवेदनप्रति असन्तुष्टि जाहेर गरेको हो…