पूर्व राष्ट्रपतिद्वयले भ्रष्टाचारजन्य कार्य गरेको भन्दै अख्तियारमा उजुरी, तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग

पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य कार्य गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वराष्ट्रपति यादवको काठमाडौंमा आफ्नै सुविधा सम्पन्न घर हुँदाहुँदै उनी भाडको घरमा बसेर राज्यलाई मासिक १ लाख ९२ हजार भाडा तिर्न लगाएको उजुरीकर्ताको दाबी छ । पूर्वराष्ट्रपति यादवले आफ्नो घर भने भाडामा लगाएको उनको दाबी छ ।…