लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।मंगलबार सामाजिक सञ्जालमा लेख्दै थापाले आफूहरुले निरंकुश राजतन्त्र नखोजेको हुँदा राजासहितको लोकतन्त्र खोजेको दाबी गरेका छन् । ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन। त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो’,…