लामा दलको नेताबाट हटेसँगै अब कांग्रेसले बागमतीमा बानियाँलाई मुख्यमन्त्री बनाउने

काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाइएको छ । पार्टीका प्रदेश सभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा दर्ता अविश्वास प्रस्तावका पक्षमा २२ र विपक्षमा १५ मत परेको सांसद मीना पराजुलीले जानकारी दिइन् । पराजुलीले पहिले बानियाँको पक्षमा हस्ताक्षर गरेकी थिइन् । अहिले फेरि लामाको पक्षमा उभिएकी छन् । मंगलबार मकवानपुरको…