पछिल्लो २४ घण्टामा प्राकृतिक प्रकोपमा १४ जनाको मृत्यु, दुई जना बेपत्ता

काठमाडौं– पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङका घटनाबाट देशभर १४ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा पहिरोका घटनाबाट आठ जना, चट्याङ लागेर पाँच जना र बाढीमा परी १ जनाको मृत्यु भएको हो…