प्रधानमन्त्री कार्यालयमा प्रचण्ड र रविबीच एक घण्टा लामो भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १ घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिएका हुन्। सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले छलफल गरेका हुन्। कांग्रेससँग एमाले मिले पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी…